सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भारतले मनायो ७३ औं गणतन्त्र दिवस
नयाँ दिल्ली । भव्य सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शनसहित भारतले आज आफ्नो ७३ औं गणतन्त्र दिवस मनाएको छ । दिल्लीको राजपथमा आयोजित भव्य समारोहमा ७५ वटा विमान र होलिकोप्टको फ्लाइपास्टका दृश्य समारोहका मुख्य आकर्षण बने ।
भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ पनि भएकाले यसलाई ‘आजादीका अमृत महोत्सव’ भन्दै मनाइएको थियो । विदेशी पाहुनालाई आमन्त्रण नगरिएको समारोहमा पूर्ण मात्रा खोप लगाएका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कार्यक्रममा सहभागि गराइएको थियो ।
समारोह सुरु हुनुअघि युद्धमा ज्यान गुमाउने शहीदहरुको स्मारकमा पुगेर माल्यार्पण गरेका थिए । गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री मोदीले उत्तराखण्डको परम्परागत टोपी लगाएका थिए । साथै, उत्तराखण्डको राष्ट्रिय फूल ब्रम्हकमल अंकित पहिरन पनि उनले लगाएका थिए ।