राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनले गर्यो क्लीन स्वीप
नेपाल प्रेस
२०७८ माघ १२ गते १७:४५
काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा ५ दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादीका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
कर्णालीमा नेकपा एमालेका तीनैजना उम्मेदवारले समान १४१६ मतभार प्राप्त गरेका छन् ।
प्रतिक्रिया