प्रदेश १ को चुनाव– गद्दारी गरेर पार्टीका उम्मेदवार हराउनेलाई नछाडिने शेरधन राईको चेतावनी – Nepal Press

प्रदेश १ को चुनाव– गद्दारी गरेर पार्टीका उम्मेदवार हराउनेलाई नछाडिने शेरधन राईको चेतावनी

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदेश १ का सहइन्चार्ज शेरधन राईले राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानविन हुने बताएका छन् ।

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन भन्दा केही मत कम भए पनि सोनाम ग्याल्जेन शेर्पा एमालेबाट निर्वाचित हुँदा अन्य दुई उम्मेदवार गुरु बराल र सुमित्रा भण्डारी पराजित भएका थिए ।

एमालेकै दुई प्रदेशसभा सदस्यको मत नपाउँदा बराल गोला तान्दा पराजित भएका हुन् । राईले बिहीबार वक्तव्य जारी गर्दै अनुशासनहीन र गद्दारीपूर्ण घात गर्नेहरु छानविन र कारवाहीको दायरामा आउने बताएका छन् ।

उनले यो अन्तर्घातलाई पार्टीले गम्भीरतापूर्वक लिएको र कसैलाई पनि छाड्ने चेतावनी दिएका छन् । यो तहको अन्तर्घात र गद्दारी पार्टीले सहन नसक्ने राईले बताएका छन् ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले भनेका छन्– यस तहको गद्दारी पार्टीबाट अवसर पाएर पदधारण गरेका र सबै सेवा सुबिधा भोग गरेर बसिरहेकाहरुले गर्लान भनेर पार्टीले कल्पना सम्म गरेको थिएन तर त्यही नसोचेको घात, गद्दारी र अनुशासनहीन कार्य पार्टी भित्रकै केही मतदाताहरुबाट भयो जसकारण कमरेड गुरु बराल र सुमित्रा भण्डारी पराजीत हुनुभएको छ तर समग्रमा निर्बाचन प्रदेश नं १ मा नेकपा (एमाले) ले जितेको छ, गठबन्धनधारीहरुको जग भत्किन सुरु भएको छ ।

प्रदेश १ मा एमालेका ४० सांसदमध्ये बराल र भण्डारीलाई ३८ सांसदको मात्र मत परेको थियो । अन्तर्घात गर्ने दुई सांसद को हुन् भन्ने छानविन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर