नग्न भिडियो सार्वजनिक गरिदिने भन्दै विदेशबाटै ब्ल्याकमेलिङ – Nepal Press

नग्न भिडियो सार्वजनिक गरिदिने भन्दै विदेशबाटै ब्ल्याकमेलिङ

काठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो ।

उनी शुक्रबार स्वदेश फर्किने क्रममा शुक्रबार पक्राउ परेका हुन् । उनीविरुद्ध एक महिलाले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै साइबर अपराधमा जाहेरी दिएकी थिइन् ।

ती महिलाका अनुसार खनालले सामाजिक सञ्जाल फेसबुकमा उनीसँग साथी बनेपछि कुराकानी गर्नेक्रममा नग्न भिडियो प्राप्त गरेका थिए ।

त्यसपछि महिलाका श्रीमान र आफन्तलाई पठाई दिन्छु भन्दै खनालले उनीसँग ब्ल्याकमेलिङ गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर