स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न अखिलको माग – Nepal Press

स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न अखिलको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समयमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

२०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियुले माग गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि संघ र प्रदेश सरकारले समेत समयावधि थप गर्न नसक्ने र कर्मचारीहरुले मात्र नगरपालिका र गाउँपालिका सञ्चाल गर्न नसक्ने अवस्था रहेकोतर्फ अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले कार्यकाल सकिनु दुई महिना अगाडी नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकास्मरण गराउँदै अनेरास्ववियुले तत्काल निर्वाचन नभए आगामी साउनबाट बजेट समेत खर्च गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर