सरकारसँग एमाले जनसंगठनहरुको माग : बैशाखभित्रै निर्वाचन सम्पन्न गर – Nepal Press

सरकारसँग एमाले जनसंगठनहरुको माग : बैशाखभित्रै निर्वाचन सम्पन्न गर

काठमाडौं । नेकपा एमालेसँग आवद्ध जनसंगठनहरुको संयुक्त बैठकले स्थानीय तहको निर्वाचन बैशाखभित्रै सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार जनसंगठन समन्वय समितिका अध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले २०७९ बैशाखमा नै निर्वाचन समपन्न गर्नेगरि सरकारले मिति घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संविधानले गाउँनगरपालिका पदाधिकारी चयनका लागि प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित भएको मितिले ५ वर्षमा पदमुक्र हुने व्यवस्था गरेको स्मरण गराउँदै एमालेले ५ वर्ष पूरा हुनुअगाडि नै पदपूर्ति गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

बैठकपछि अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा २१५ र २१६ ले गाउँ नगर पालिकाको अध्यक्ष प्रमुख, उपाध्यक्षरउपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ बर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ । संविधानको धारा २१४ ले स्थानीय तहको सञ्चालन स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको छ र निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि अन्य वैकल्पिक व्यवस्था गर्ने कुनै पनि प्रावधान संविधानमा नभएको हँदा निर्वाचित भएको पाँच बर्ष परा हन अगावै नयाँ जनप्रतिनिधि निर्वाचित भइसक्न पर्दछ ।’

निर्वाचन नगर्ने नियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भनेर भूमपूर्ण प्रचार भइरहेको पनि उनले बताए ।


प्रतिक्रिया

One thought on “सरकारसँग एमाले जनसंगठनहरुको माग : बैशाखभित्रै निर्वाचन सम्पन्न गर

  1. अब ओम्नी काण्ड जस्ता गर्न नपाईने भो क्यारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर