लैनचौरमा सहिदको सम्झना (तस्बिरहरू)
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइएको छ ।
दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।
सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।
वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०-१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।