कर्णाली प्रदेशसभाको लेखा समिति अध्यक्षमा शाही – Nepal Press

कर्णाली प्रदेशसभाको लेखा समिति अध्यक्षमा शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति अध्यक्षमा करबिर शाही चयन भएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाहीलाई अध्यक्ष बनाउने निर्णय गरेको दलका नेता यामलाल कँडेलले बताए । उनी जाजरकोटबाट निर्वाचित सांसद हुन् ।

यसअघि नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठ समितिको अध्यक्ष थिए । उनी उर्जा तथा जलस्रोत मन्त्री नियुक्त भएपछि समिति नेतृत्वबिहीन थियो ।

सबैभन्दा महत्वपूर्ण मानिएको लेखा समितिले अध्यक्ष पाएसँगै समिति सक्रिय हुने अपेक्षा गरिएको छ ।

लेखा समिति अध्यक्षमा प्रतिपक्षी दलबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर