एमसीसी पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन : नारायणकाजी – Nepal Press

एमसीसी पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित नभए गठबन्धन तोड्छु भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको दावी गरेका छन् ।

गठबन्धन बैठकमा सभापति देउवाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए गठबन्धन कायम रहन नसक्ने भन्दै आएका समाचारमा सत्यता नभएकाे उनकाे दावी छ ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन ।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’

नेता श्रेष्ठले एमसीसी पारित गर्ने सम्झौता पनि नभएको दावी गरेका छन् । उनले यथास्थितिमा पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताएका छन् ।

नेता श्रेष्ठले माओवादी गठबन्धनको एकता कायम राख्दै राष्ट्रिय सार्वभौमिकता ,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर