रेल्वे कार्यालयमा पूर्वकर्मचारीले लगाएको ताला प्रहरीले तोड्यो – Nepal Press

रेल्वे कार्यालयमा पूर्वकर्मचारीले लगाएको ताला प्रहरीले तोड्यो

जनकपुरधाम । नेपाल रेल्वेको जनकपुरधामस्थित कार्यालयमा पूर्वकर्मचारीहरूले लगाएको ताला सुरक्षाकर्मीले तोडेका छन् ।

कुनै प्रक्रिया पूरा नगरी गुपचुप कर्मचारी भर्ना गरेकालाई हटाउनुपर्ने माग राखेर पूर्वकर्मचारीहरूले माघ १३ मा रेल्वे कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्दै आएका थिए ।

तालाबन्दीका कारण चार दिनदेखि कार्यालयको कामकाज ठप्प थियो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले प्रहरीबाट कार्यालयको ताला तोड्न लगाएपछि आन्दोलित पूर्वकर्मचारीहरूले प्रशासनविरूद्ध प्रदर्शन गरेका छन् । कार्यालयको सुरक्षार्थ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तत्कालीन रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई हटाएर प्रक्रियाबिनै ६० जना नयाँ कर्मचारी नियुक्त गरेपछि महाप्रबन्धक झा विवादमा तानिएका छन् । राज्यले लगानी गरेर तालिमप्राप्त आफूहरूलाई हटाएको र घुस खाएर कर्मचारी नियुक्त गरेको भन्दै झालाई हटाउन आन्दोलनकारीको माग छ ।

पूर्वकर्मचारी ईन्द्रजीत गोइतले आफूहरूले कार्यालयमा लगाएको ताला सुरक्षाकर्मीबाट तोड्न लगाएको र शान्तिपूर्ण रूपमा धर्ना समेत बस्न नदिएको गुनासो गरे । उनले भने, ‘भ्रष्ट महाप्रबन्धक झाले शान्तिपूर्ण आन्दोलनमा ज्यादती गर्न लगाएका छन् ।’

झाले केही ‘गुण्डा’ को आडमा आफूहरुलाई धम्काउन लगाएको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर