प्रदेश अधिवेशन प्रतिनिधि छान्न एमाले दैलेखमा चारजना तोकिए – Nepal Press

प्रदेश अधिवेशन प्रतिनिधि छान्न एमाले दैलेखमा चारजना तोकिए

सुर्खेत । नेकपा एमाले दैलेखले कर्णाली प्रदेशको अधिवेशनकालागि प्रतिनिधि छान्न संयोजक तोकेको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका चारवटै प्रदेशसभा क्षेत्रमा संयोजक तोकेको हो ।

आइतबार बसेको सचिवालय बैठकले चारै प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनका लागि संयोजक तोकिएको सचिवालय सदस्य जनक न्यौपानेले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा ‘क’ संयोजक विष्णु रेग्मी, प्रदेश सभा ‘ख’ संयोजक प्रेम थापा चयन भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश सभा ‘क’ मा तिलक रिजाल र ‘ख’ मा बखत भण्डारी संयोजकको रुपमा चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर