भीम रावलको आरोप- एमसीसीबारे गठबन्धन असंवेदनशील, केपी ओली अवसरवादी (पूर्णपाठ) – Nepal Press

भीम रावलको आरोप- एमसीसीबारे गठबन्धन असंवेदनशील, केपी ओली अवसरवादी (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनले असंवेदनशील र केपी ओलीले अवसरवादी भूमिका देखाएको आरोप लगाएका छन् ।

सोमबार एमसीसीबारे स्मृति पत्र भन्दै सार्वजनिक गरिएको पत्रमा रावलले गठबन्धनको स्पष्ट धारणा नआउँदासम्म बोल्दिन भन्नु अवसरवाद भएको आरोप लगाए ।

जनताको आवाज उठाउने संसद निरन्तर अवरुद्ध गरी प्रतिपक्षी दलका नेताको मिलेमतोमा चलाखीपूर्ण ढंगबाट सम्झौता पारित गराउने खेल भइरहेको बताए ।

उनले भनेका छन्, ‘देश र जनताको आवाज उठाउने संसद “अवरुद्ध” गरिएको, प्रधानमन्त्री र पाँच दलीय गठबन्धनका नेताहरुले एमसीसीसंगको सम्झौताका सन्दर्भमा देशभक्त नेपालीहरुले राष्ट्रियताको पक्षमा देशव्यापीरुपमा घन्काइरहेको आवाजप्रति संवेदनशील भई कुनै छलफल नगरेको र प्रमुख विपक्षी दलका नेताले चलाखीपूर्ण किसिमले “सत्तापक्षको धारणा स्पष्ट नभई केही नबोल्ने” भन्ने अवसरवादी कुरा गरेको स्थितिमा उक्त सम्झौतालाई संसदबाट अनुमोदन गर्ने खेल भइरहेको भन्ने बुझिएकोले खुलारुपमा स्मृति–पत्र लेख्न बाध्य भएको छु ।’

रावलले एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा समेत प्रश्न उठाएका छन् ।

‘आजसम्म कुनैपनि देशसंग भएका अनुदान सम्झौता संसदमा अनुमोदनका लागि पेश भएका वा पारित गरिएका छैनन् । एमसीसीसंगको सम्झौतामात्र त्यसो गर्नुपर्ने किन ?,’ रावलले भनेका छन्, ‘यदि यो सम्झौता संविधानको धारा २७९ अन्तर्गत अनुमोदन गर्नुपर्ने हो भने दुई तिहाइ बहुमतको आवश्यकता हुन्छ । नेपालले अन्य देशहरुसंग पनि पूर्वाधार विकासको लागि ठूलो रकम ऋण र अनुदान लिने गरेको छ । अरु देशले पनि अब उप्रान्त सम्झौता नेपालको संसदबाट अनुमोदन हुनुपर्ने माग गरेमा के हुन्छरु यसको उत्तर नेपाली जनतालाई दिनुपर्छ कि पर्दैन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर