देउवासँगको भेटमा प्रचण्डले भने- संशोधन नगरी एमसीसी पारित गर्न सकिन्न, माधव नेपालको पनि समर्थन – Nepal Press

देउवासँगको भेटमा प्रचण्डले भने- संशोधन नगरी एमसीसी पारित गर्न सकिन्न, माधव नेपालको पनि समर्थन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजनाबारे पुरानै अडान दोहोर्‍याएका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार भेटमा प्रचण्डले संशोधनबिना एमसीसी पारित गर्न नसकिने माओवादीको पुरानै अडान दोहोर्‍याएका छन् । भेटमा एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने भनाइ प्रचण्डले राखेका थिए । प्रचण्डको भनाइमा माधव नेपालले पनि समर्थन जनाएका थिए ।

माओवादी केन्द्र संशोधनबिना एमसीसी पारित गर्न नहुने पक्षमा छ । ‘सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्’ भन्ने प्रस्ताव माओवादीले महाधिवेशनबाट पारित गरेको थियो ।

माओवादीमा एमसीसी पारित नै गर्न नहुने मत बलियो छ । गठबन्धन छोड्नु परे पनि एमसीसी अनुमोदन गर्न नहुने माओवादी नेताहरु बताइरहेका छन् ।


प्रतिक्रिया

One thought on “देउवासँगको भेटमा प्रचण्डले भने- संशोधन नगरी एमसीसी पारित गर्न सकिन्न, माधव नेपालको पनि समर्थन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर