सरकारविरुद्ध अनेरास्ववियु कमर्स क्याम्पस कमिटीको प्रदर्शन (तस्बिरहरु) – Nepal Press

सरकारविरुद्ध अनेरास्ववियु कमर्स क्याम्पस कमिटीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नेपाल कमर्स क्याम्पस कमिटीले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

स्थानीय तहको निर्वाचन समयमै गरि संविधान र लोकतन्त्रको रक्षा गर्न सरकारसँग माग गरिएको छ ।

अनेरास्ववियुले स्ववियु निर्वाचन गर्न पनि माग गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘स्थानीय तहको निर्वाचन तत्काल गर’, ‘संविधान र लोकतन्त्रको रक्षा गर’, ‘स्ववियु निर्वाचन तुरुन्त गर’, ‘मापसे सरकार मुद्र्धावाद’ लगायतका प्लेकार्ड बोकेका थिए ।

तस्बिरहरु: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर