अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला – Nepal Press

अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्नराज्य कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो ।

विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शनकारीहरुले ‘राज्यको ढुकुटीमाथि झोलै झोल, खोइ त देशमा सिटामोल’,
‘खोपको व्यवस्था गर्न किन जान्दैन, विद्यार्थीको परीक्षागर्न किन मान्दैन’, ‘स्थानीय तहको निर्वाचने मिति घोषणा गर, संविधानको रक्षा गर, लोकतन्त्रको रक्षा गर’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकिएका थिए ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर