तस्करीको समान ल्याइरहेको ट्रकसहित एक जना पक्राउ – Nepal Press

तस्करीको समान ल्याइरहेको ट्रकसहित एक जना पक्राउ

जनकपुरधाम । भारतबाट भन्सार छलेर अवैध रुपमा लाखौंको समान नेपाल भित्र्याएको ट्रकसहित एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका १ का ३९ वर्षीय रामकुमार चौधरी रहेका छन् । चौधरी ट्रक चालक हुन् ।

उनले ना ५ ख ६३४८ नम्बरको मिनी ट्रकमा भन्सार छलीको समान ल्याउँदै गर्दा लहान नगरपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद भएको कस्मेटिक सामानहरु ३ लाख १५ हजार २४० रुपैयाँ र अन्य समान ११ लाख ४२ हजार १५० रुपैयाँ बराबरको रहेको प्रहरीको अनुमान छ ।

उक्त समान, ट्रक र चालक चौधरीलाई प्रहरीले भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर