प्रधानमन्त्रीको राजीनामा माग्दै काभ्रेमा युवा संघको मसाल जुलुस (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको राजीनामा माग्दै काभ्रेमा युवा संघको मसाल जुलुस (भिडिओ)

काठमाडौं । खोपमा अनियमितता भएको, चुनाव सार्ने षडयन्त्र भइरहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल, काभ्रेले बनेपामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

सोमबार सरकारको विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपामा मसाल जुलुस निकालिएको युवा संघ काभ्रे अध्यक्ष सागर राइमाझीले बताए ।

गठबन्धन सरकार ले जनविरोधी कामहरु र स्थानीय तहको निर्वाचन आलटाल गर्न खोजिएको भन्दै मसाल जुलुस निकालिएको उनले बताए ।

युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत मागेको छ ।

पाँच दलको सरकारले स्थानीय तहको निर्वाचन तुरुन्त घोषण गर्दै संविधानको रक्षा गर्नुपर्ने भन्दै माग युवा संघको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता राकेश लामा र बिक्रम चौलागाईंको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर