चुनावको मिति घोषणा गर्न माग गर्दै मन्त्री क्वार्टरअगाडि अखिलको प्रदर्शन, मन्त्रीलाई कालो झण्डा (भिडिओ) – Nepal Press

चुनावको मिति घोषणा गर्न माग गर्दै मन्त्री क्वार्टरअगाडि अखिलको प्रदर्शन, मन्त्रीलाई कालो झण्डा (भिडिओ)

काठमाडौं । चुनावको मिति घोषणा मागसहित नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका कार्यकर्ताहरु विहानै पुल्चोकमा भेला भएर स्थानीय तहको चुनाव सार्ने प्रपन्च हुन लागेकोमा खवरदारी गरेका हुन् । उनीहरुले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरुले निवासबाट बाहिरिँदै गरेका सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा देखाएका छन् । उनीहरुले मन्त्री कार्कीको सवारीलाई अवरोधसमेत गरेका थिए ।

स्थानीय तहका निर्वाचित प्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदै छ । तर सरकारले अहिलेसम्म चुनावको मिति घोषणा गरेको छैन । सत्ता साझेदार पाँच दलले भने जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर