संसद अवरोधबारे एमालेको माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौं– महासचिव पोखरेल – Nepal Press

संसद अवरोधबारे एमालेको माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौं– महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोधको विषयमा एमालेका मागको सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने प्रष्ट पारेका छन् ।

सत्ता गठबन्धन भत्काएर एमाले एमसीसी पारित गर्न तयार रहेको भन्ने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले त्यसको खण्डन गरेका हुन् । महासचिव पोखरेलले भ्रम नछर्न आग्रह समेत गरेका छन् ।

एमालेले १४ सांसदलाई पार्टीले गरेको कारवाहीमाथि सभामुखले कुनै प्रक्रिया नचलाई एमाले विभाजनमा मतियार बनेको भन्दै गैरसांसदलाई हटाउन वा सभामुखले राजीनामा दिनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको छ ।

यसबीचमा प्रधानमन्त्री शेरवहादुर देउवाको प्रतिनिधिका रुपमा सन्चामन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

सो भेटमा पनि यहि विषय एमालेको तर्फबाट राखिएको ओलीको सचिवालयले जनाएको छ । गठबन्धन छाडे एमालेले एमसीसी पारित गर्ने भनेर कांग्रेसलाई कतै नभनेको समेत सचिवायले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर