जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी – Nepal Press

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ ।

आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।

निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।

यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।

केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर