स्थानीय तहको निर्वाचन गर्न सरकारसँग आयोगले माग्यो १२ अर्ब – Nepal Press

स्थानीय तहको निर्वाचन गर्न सरकारसँग आयोगले माग्यो १२ अर्ब

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

मंगलबार सरकारलाई बुझाएको ६ बुँदे प्रस्तावमा एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी खर्च लाग्ने बताएको छ ।

२०७४ मा ८ अर्ब भन्दाबढी खर्च भएको भन्दै आयोगले एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा थप वृद्धि भएको भन्दै त्यसै अनुसार बजेट व्यवस्थापन गरिरिदन प्रस्ताव गरेको हो ।

आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ ।

२०७४ पछि उक्त ती शीर्षकहरुमा करिब ३० प्रतिशतले वृद्धि भएकाले अनिवार्य खर्च बढेको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर