प्रधानमन्त्रीको सञ्चार प्रविधि विज्ञमा विष्ट नियुक्त
नेपाल प्रेस
२०७८ माघ १८ गते १७:२३
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इञ्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् ।
नेपाली कांग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त गरिएको हो ।
विष्टले यसअघि नेपाली कांग्रेसको वेभसाइट निर्माण र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली निर्माण लगायतको काम गरेका थिए । उनी कांग्रेस निकट इञ्जिनियरहरुको संस्था सिडेनको पूर्व महासचिवसमेत हुन् ।
विष्ट कांग्रेसको प्रचार विभागले गठन गरेको एनसी विनका संयोजक समेत थिए ।
प्रतिक्रिया
विज्ञ सदस्य भएनन काँग्रेसम्बद्व इन्जिनियर भन्नू पर्याे ।