उपभोक्ता हकहितमा : उपभोक्ता जागरण अभियान – Nepal Press

उपभोक्ता हकहितमा : उपभोक्ता जागरण अभियान

काठमाडौं । आम उपभोक्ताको हकहितमा काम गर्ने उद्देश्यसहित उपभोक्ता जागरण अभियान– नेपाल नामक संस्था जन्मिएको छ ।

संस्थाले वस्तु र सेवा प्रदायकबाट गुणस्तरीय सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार संरक्षण गर्ने उद्देश्य लिएको छ ।

उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालन स्तरमा योगदान पुर्‍याउने उद्देश्य राखी संस्था दर्ता गरिएको अभियानका संस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताए ।

संस्थामा केन्द्रीयस्तरको समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक सहसचिव, एक कोषाध्यक्ष र दुई जना सदस्य गरी ११ जना संस्थापकहरु रहेका छन् ।

समितिमा पूर्व प्रशासक, सञ्चारकर्मी, कानूनविद, साहित्यकार, बैँकर्स, सामाजिक कार्यकर्ता रहेका छन् ।

उपभोक्तावादी संस्थाका अभियन्ताहरू स्वैच्छिक रूपमा सामाजिक सेवामा लागेको दाबी गरे पनि उनीहरुको कमाइ अपारदर्शी रहेको आरोप लगिरहेकोप्रति नयाँ संस्थाका लागि त्यसबाट जोगिने चुनौति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *