सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालय अगाडि अनेरास्ववियुद्वारा कालो झण्डासहित प्रदर्शन – Nepal Press

सुदूरपश्चिमको आन्तरिक मामिला मन्त्रालय अगाडि अनेरास्ववियुद्वारा कालो झण्डासहित प्रदर्शन

कैलाली । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रालय अगाडि कालो झण्डासहित प्रदर्शन गरेको छ ।

उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए । उनीहरु सरकारले जन अपेक्षा अनुसार काम गर्न नसेको भन्दै सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् ।

संविधान रकानूनअनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै प्रदर्शन गरिएको अनेरास्ववियु कैलाली अध्यक्ष किशोर शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर