मूर्ति चोरेको अभियोगमा दोषी ठहर भएका मगर चार वर्षपछि पक्राउ
नेपाल प्रेस
२०७८ माघ १८ गते १८:०४
काठमाडौं । मूर्ति चोरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका एकजना साढे चार वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालतले २०७४ वैशाख २५ गते २ बर्ष कैद सजाय सुनाएका ५८ वर्षीय मान बहादुर मगरलाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।
उनीमाथि पुरात्वातिक मुर्ति चोरीको आरोप लागेको थियो ।
रामेछाप दोरम्बा—४ पासिवान स्थायी घर भएका मगर अहिले ललितपुरको ईमाडोलमा बस्दै आएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर