एसएसपी जोशीको सक्रियतामा मृगौला पीडित जवानलाई तीन लाख ७७ हजार सहयोग – Nepal Press

एसएसपी जोशीको सक्रियतामा मृगौला पीडित जवानलाई तीन लाख ७७ हजार सहयोग

काठमाडौं । दुबै मृगौला फेल भएर उपचार गराइरहेका प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उपचाररत जवान खत्रीलाई खर्च जुटाउन असहज भईरहेको अवस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय नब्बे रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर