क्रिप्टोकरेन्सीमा संलग्न एकजना पक्राउ, करिब डेढ करोड रुपैयाँको कारोबार गरेको दाबी – Nepal Press

क्रिप्टोकरेन्सीमा संलग्न एकजना पक्राउ, करिब डेढ करोड रुपैयाँको कारोबार गरेको दाबी

काठमाडौं ।

काठमाडौ‌ । नेपालमा प्रतिबन्धित डिजिटल करेन्सीको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले सिन्धुपाल्चोक स्थायी घर भई भक्तपुरको दुवाकोटका ३० वर्षीय चन्द्रमणी अधिकारी (रविन्द्र अधिकारी) लाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको न्युरोडमा रहेको गुच्चाटोलबाट पक्राउ गरिएको हाे ।

अधिकारीको मोबाइलबाट उनले एक करोड ४८ लाख ४४ हजार ४ सय ६३ रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । करिब १३ लाख रुपैयाँ बराबरको क्रिप्टो करेन्सी पनि उनीसँग भेटिएको प्रहरीको दावी छ ।

प्रहरीले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नहरुलाई पछिल्लो समय लगातार पक्राउ गरिरहेको छ । नेपाल राष्ट बैंकले समेत यस्तो कारोबार संलग्न नहुने बारम्बार निर्देशन दिइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर