एमालेको नयाँ वेबसाइट सार्वजनिक, राखियो ‘प्रभावशाली राजनेता’को सूची
नेपाल प्रेस
२०७८ माघ १९ गते १४:२८
काठमाडौं । नेकपा (एमाले) आफ्नो परिमार्जित वेबसाइट संचालनमा ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी सार्वजनिक गरेका हुन् ।
वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ । वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर