गठबन्धनका नेताको दौडधुप: बालुवाटारमा फेरि जुट्दै देउवा, प्रचण्ड र नेपाल – Nepal Press

गठबन्धनका नेताको दौडधुप: बालुवाटारमा फेरि जुट्दै देउवा, प्रचण्ड र नेपाल

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी र स्थानीय तहको निर्वाचनलगायतका विषयमा बिहान छलफल गरेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि भेट्ने भएका छन् ।

एमसीसीले गठबन्धनमा तिक्तता आउन थालेपछि बिहान ११ बजे देउवा, प्रचण्ड र नेपालबीच भेट भएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै फेरि बालुवाटारमा छलफल हुन लागेको जानकारी दिए । चार बजेपछि तीन नेताहरूबीच छलफल हुन लागेको हो ।

देउवाले पछिल्लो समय एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ । यसबारे बालुवाटारमा देउवासँग भेट्नुअघि प्रचण्ड र नेपालले बिहान ८ बजे भेट गरेका थिए।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संशोधनबिना पारित गर्न नहुने पक्षमा छन् । देउवाले आफूनिकट नेताहरू प्रचण्ड र माधव नेपाल निवासमा पठाएर यी दुवै विषयमा उनीहरुलाई मनाउने कोसिस समेत गरेका छन् ।

देउवाले हिजो कांग्रेस नेताहरू ज्ञानेन्द्र कार्की र बालकृष्ण खाणलाई खुमलटार पठाएका थिए । त्यस्तै आज बिहान १० बजे कोटेश्वरस्थित निवासमै पुगेर नेपाललाई खाणले भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर