प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ) – Nepal Press

प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत उपस्थित कार्यक्रममा अन्य मन्त्री र प्रदेश १ तथा वागमतीका मुख्यमन्त्रीले पनि आलेकै जस्तो क्षमता देखाउनुपर्ने बताए ।

सो कार्यक्रममा मन्त्री आले पनि रक्तदान गरेर सहभागी भएका थिए । नेपालले गठबन्धन भत्काउने प्रयास सफल नहुने बताए ।


प्रतिक्रिया

One thought on “प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन (भिडिओ)

  1. आलेले दाम चढाए अरू मन्त्रीकाे आउन बाँकी छ जस्ताे छ । क्यासिनाे खाेल्न दिएर कमाएकाे कमिश भाग मिल्याे जस्ताे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर