एमसीसीबारे कांग्रेसको त्यो निर्णय : यो वा त्यो बहानामा एमसीसी रोक्न मिल्दैन – Nepal Press

एमसीसीबारे कांग्रेसको त्यो निर्णय : यो वा त्यो बहानामा एमसीसी रोक्न मिल्दैन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो केही दिनयता मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट अर्थात एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न निर्णायक पहल गरिरहेका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनभित्र साझा धारणा बनाउन प्रयासरत प्रधानमन्त्री देउवा संसदबाट एमसीसी पारित गरेरमात्रै थप राजनीतिक कोर्स अगाडि बढाउन इच्छुक छन् ।

यद्यपि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र एमसीसीको विरुद्धमा देखिएको बलियो मतका कारण गठबन्धनले ‘स्टेप’ लिन सकेको छैन । प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी पारित गर्ने समझदारी बनिसकेको छ । यद्यपि प्रचण्ड र नेपालले पार्टीभित्र सहमति जुटाउन केही दिनको समय मागेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसीबारे प्रष्ट्याउनुपर्ने बुँदासमेत मागेपछि माओवादी र समाजवादीले ती बुँदा पनि उपलब्ध गराएका छन् । माघ २६ गतेका लागि सरेको प्रतिनिधिसभाको बैठकमै एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको तयारीले गठबन्धनमा तरंग पैदा गरिसकेको छ ।

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एमसीसीमा सहमति जुटाउन प्रयासरत छन् । एमसीसीबारे विकसित ताजा घटनाक्रमबारे कांग्रेसमा छलफल हुन सकेको छैन । यद्यपि २०७६ साल पुस १७ गते नै कांग्रेसले ‘एमसीसी सम्झौता तत्काल पारित हुनुपर्ने’ निर्णय लिएको थियो । २०७६ साल पुस १७ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता संसदमा पेस गरी अनुमोदन गर्न ‘प्रष्ट समर्थन’ गर्ने निर्णय गरेको थियो ।

एमसीसीबारे सबैभन्दा प्रष्ट देखिएको कांग्रेसले विगतदेखि नै एमसीसी पारित हुनुपर्ने बताउँदै आएको छ । देउवा प्रधानमन्त्री रहेकै बेला २०१७ को सेप्टेम्बरमा एमसीसी सम्झौतामा अमेरिका र नेपालबीच हस्ताक्षर भएको थियो । त्यतिबेला माओवादी देउवा नेतृत्वको सरकारको महत्वपूर्ण घटक रहेको थियो ।

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एमसीसीमा सहमति जुटाउन प्रयासरत छन् । एमसीसीबारे विकसित ताजा घटनाक्रमबारे कांग्रेसमा छलफल हुन सकेको छैन । यद्यपि २०७६ साल पुस १७ गते नै कांग्रेसले ‘एमसीसी सम्झौता तत्काल पारित हुनुपर्ने’ निर्णय लिएको थियो । २०७६ साल पुस १७ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता संसदमा पेस गरी अनुमोदन गर्न ‘प्रष्ट समर्थन’ गर्ने निर्णय गरेको थियो ।

‘मुलुकको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले हालसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग सम्बन्धी अमेरिकी सरकारसँग गरेको सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई यो या त्यो बहानामा अवरुद्ध बनाउन खोजिएको घटनालाई गम्भीरतापूर्व लिदै यो बैठक सम्झौतालाई संसदमा यथाशीघ्र पेश गर्न सरकार समक्ष माग गर्दछ’, कांग्रेसको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यतिबेला कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको थियो । प्रतिपक्षमा भएपनि एमसीसी संसदमा पेश भए अनुमोदन गराउन समर्थन गर्ने कांग्रेस बैठकको निर्णय थियो । ‘सम्झौतालाई संसदबाट अनुमोदन गर्न नेपाली कांग्रेसको प्रष्ट समर्थन रहने निर्णय यो बैठक गर्दछ’, कांग्रेस बैठकको माइन्यूटमा उल्लेख छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पनि पटक-पटक सार्वजनिक मञ्चहरूमा एमसीसी राष्ट्रहितविरुद्ध नरहेको दाबी गर्दै आएका छन् । उनले गत भदौमा पार्टीको संसदीय दलको बैठकमा पनि एमसीसीबारे नबुझेका सांसदहरूलाई नबोल्न निर्देशन दिएका थिए ।

यो पनि पढ्नुस् : देउवालाई रामचन्द्रको प्रश्न- एमसीसीबारे तपाईका महामन्त्रीहरुको धारणा के हो ?

‘एमसीसीबारे सबैले बुझ्नुहोला । सबै सरकारले कुनै न कुनैरूपमा एमसीसीलाई अगाडि बढाएकै छन् । त्यसैले एमसीसीबारे बुझेरमात्रै संसदमा बोल्नुहोला’, सांसदहरुलाई देउवाको निर्देशन थियो । गत पुस ११ मा माओवादी महाधिवेशनको उद्घाटनमा पनि देउवाले एमसीसीमा कुनै राष्ट्रघात नभएको भन्दै सम्झौता बढेर बहस गर्न माओवादी नेताहरूलाई सुझाएका थिए ।

यसैबीच कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीबारे छलफल हुने भएको छ । बैठक तय भइनसकेपनि एमसीसीबारे पार्टीभित्र छलफल हुने एक पदाधिकारीले बताए ।

‘एमसीसीबारे पहिलेपनि पार्टीले निर्णय लिएको छ तर ताजा विषयमा छलफल गर्नुपर्ने देखिन्छ । कार्यसम्पादनको बैठक जहिले बसेपनि एमसीसीबारे छलफल गर्छौ’, ती पदाधिकारीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर