तस्बिरमा चन्द्रागिरीको हिउँमा भुलिएकाहरु (१० तस्बिर) – Nepal Press
तस्बिरमा चन्द्रागिरीको हिउँमा भुलिएकाहरु (१० तस्बिर)
नेपाल प्रेस २०७८ माघ २१ गते १५:४५
२०७८ माघ २१ गते १५:४५

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरी डाँडोमा हिमपात भएको छ । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

हिमपात सुरू भएसँगै काठमाडौं नजिकको चन्द्रागिरी डाँडामा हिउँ हेर्न आउनेहरूको लर्को लागेको छ । चिसो मौसमको परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा–युवती र किशोर–किशोरीहरु हिउँसँग रमाउन चन्द्रागिरीमा ओइरिएका छन् ।

काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान बन्दै आएको छ । हिमपातले यहाँको आकर्षणलाई थप बढाइदिएको छ ।

हेर्नुस् तस्बिरहरु :