स्थानीय निर्वाचनका लागि अघि बढ्यो आयोग, मतपत्र डिजाइनका लागि माग्यो विज्ञ – Nepal Press

स्थानीय निर्वाचनका लागि अघि बढ्यो आयोग, मतपत्र डिजाइनका लागि माग्यो विज्ञ

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मतपत्र डिजाइनको प्रक्रिया अघि बढाएको छ ।

आयोगले शनिबार एक सूचना जारी गर्दै मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने आयोगले बताएको छ ।

चित्रकला, ग्राफिक डिजाइन, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा ज्ञान हासिल भएको हुनुपर्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर