सरकारले अर्थतन्त्र धाराशायी बनायो : एमाले महासचिव – Nepal Press

सरकारले अर्थतन्त्र धाराशायी बनायो : एमाले महासचिव

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अर्थतन्त्र धाराशायी बनाएको आरोप लगाएका छन् ।

शनिबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रका सबै सूचक नकरात्मक भएको व्याख्या गरे।

‘यो सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ,’ उनले भने, ‘मुल्य वृद्धिको सूचक उच्च छ। बैंकमा तरलता अभाव छ। बाहिर जाने मान्छे बढीरहेका छन् तर रेमिट्यान्स घटिरहेको छ । किन यस्तो भइरहेको छ भने आज पारदर्शीताको अभाव छ । मुलुकमा हुन्डी कारोवारी सक्रिय हुन थालेका छन् । अवैधानिक क्रियाकलापले प्रशय पाइरहेका छन् ।’

सरकारको संचित कोषमा अहिले छ महिनालाई धान्ने पैसा समेत नभएको बताउँदै पोखरेलले एमाले सरकारमा हुँदा भने १४ महिनका लागि प्रयाप्त पैसा भएको दावी गरे । उनले भने, ‘एमाले सरकारमा रहँदा १४ महिनाको खर्च धान्ने संचिति थियो । अहिलेको सरकारसँग ६ महिनाको खर्च धान्ने पनि संचिति छैन् । सरकारको संचित कोषमा १० अर्ब पनि पैसा छैन् ।’

सरकारको गलत नीतिका कारणले यो सबै भइरहेको भन्दै उनले आयात निर्यात घटेको र व्यापार घाटा बढेको दावी गरे ।

राष्ट्रिय स्वाधीनताका पक्षमा समेत यो सरकार कमजोर रहेको पोखरेलको अरोप छ । उनले भने, ‘तुइन प्रकरणमा यो सरकारले कुनै पहल गर्न सकेन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर