श्रीमानले बनाएको सरकार संविधान उल्लंघन गर्ने धृष्टता गर्दै छ : पोखरेल (भिडिओ) – Nepal Press

श्रीमानले बनाएको सरकार संविधान उल्लंघन गर्ने धृष्टता गर्दै छ : पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संविधान उल्लघंन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार प्रेस चौतारी स्थापना दिवस कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै पोखरेलले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी समेत दिए । ‘श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने, ‘काूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन हुन्छ ।’

पोखरेलले अहिलेको गठबन्धन विचार नमिल्नेहरुबीचको भएको समेत टिप्पणी गरे । ‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ उनको भनाइ छ, ‘संघीयता पुगेन भन्ने पनि त्यही छन् । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको वकालत गर्नेहरु पनि त्यही छन् । परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरु पनि त्यही छन् ।’

गठबन्धन सरकारले कालापानी, लिपुलेक लगायतलाई हाम्रो हो भन्न नसेकर समस्याको रुपमा प्रस्तुत गरेको उनले आरोप लगाए ।

फरक प्रसंगमा पोखरेलले सञ्चार माध्यम सेटिङ गराउनेका रुपमा चित्रित भइरहेको समेत दाबी गरे । ‘आज संचारमाध्यम एउटा सेटिङ गराउने विकृत रुपमा चित्रित भइरहेका छन्,’ उनले भने, ‘एक महिनासम्म कुनै अघोषित संस्थाबारे धज्जी उडाएर लेख्ने अनि सेयर दिएपछि, ज्याकेट विज्ञापन दिएपछि लगालग हुने निर्लज्ज ब्रोडसिडहरु छन् ।’


प्रतिक्रिया

One thought on “श्रीमानले बनाएको सरकार संविधान उल्लंघन गर्ने धृष्टता गर्दै छ : पोखरेल (भिडिओ)

  1. दुई तिहाई जनताको आदेशबाट बनेको संविधान र जनप्रतिनिधि सभा २/३ पटक हत्या गरे पछि संविधान अनुसार अन्तिम संस्कार श्री मानले गरी मृत्यु शैयाबाट विउताएको सभा र सरकारलाई हत्या गरिसकेका जनताको साथ लिने गरी हत्या गरिसकै संविधानमा टेकी पुनः त्यही मारेकै जनतालाई बुझाउने गरी कुरा गर्नु लाज मर्दों हो । कानूनको उलालधन गरे उपचार हुन सक्छ तर लाज र धर्म नै नभए पछि नरपसुलाई उपचार गर्ने कुनै विधि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर