कार्यकाल सकिनै लाग्दा कृष्णनगरमा स्वतन्त्र जितेका मेयरले रोजे नेपाली कांग्रेस – Nepal Press

कार्यकाल सकिनै लाग्दा कृष्णनगरमा स्वतन्त्र जितेका मेयरले रोजे नेपाली कांग्रेस

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह कार्यकाल सकिने पुर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद अभिशेख प्रताप शाहको पहलमा उनी कांग्रेस प्रवेश गरेका हुन् ।

२०७४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बनेर ७ हजार १७८ मत प्राप्त गरी कृष्णनगरको मेयर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका श्यामकुमार मिश्रले जम्मा २४ सय ३० मत प्राप्त गरेका थिए भने सो नगरमा कांग्रेस चौथो स्थानमा थियो ।

कृष्णनगरमा लोकप्रिय रहेका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वका साथ हेरिएको छ ।

शनिबार लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सासंद अभिषेक प्रताप शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले नगरप्रमख शाहलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

केही समयअघि सो क्षेत्रका पुराना नेता मंगल गुप्तालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएपछि सो क्षेत्र चर्चामा आएको थियो ।

नेपाली कांग्रेस कपिलवस्तुले शाहसहित एक हजारभन्दा बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर