स्थानीय निर्वाचनअघि नै माओवादीले पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरिसक्ने – Nepal Press

स्थानीय निर्वाचनअघि नै माओवादीले पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरिसक्ने

काठमाडौं । महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

आगमी २७ माघमा बोलाइएको केन्द्रीय समिति बैठकअघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी चयन भएका छैनन् ।

मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रीय समिति बैठक बोलाएर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेशनवाट पारित गरेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ ।

यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्यूरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रीय समितिवाट नै बाँकी पदपूर्ति र समितिलाई पूर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर