कर्णाली प्रदेशमा ५ मन्त्री थपिँदै, कसलाई कुन मन्त्रालयको जिम्मा ? – Nepal Press

कर्णाली प्रदेशमा ५ मन्त्री थपिँदै, कसलाई कुन मन्त्रालयको जिम्मा ?

सुर्खेत । सरकार गठन भएको तीन महिनापछि आज कर्णाली सरकारको मन्त्रिमण्डलले पूर्णता पाउँदैछ । मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच मन्त्री नियुक्त गर्ने भएका हुन् । विस्तारसँगै सरकारमा पाँच मन्त्री थप हुने भएका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रालयको बाँडफाँट पनि टुंगो लागेको छ । नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिमबहादुर शाही, सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त हुँदै छन् ।

नेकपा माओवादीबाट ऊर्जा तथा जलस्रोत मन्त्रीमा कार्चेन लामा तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा गणेशप्रसाद सिंहलाई नियुक्त गरिँदैछ ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।

नयाँमन्त्रीहरूको सपथ आज साँझ वा भोलि बिहान गर्ने तयारी भइरहेको छ ।

यसअघि माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

One thought on “कर्णाली प्रदेशमा ५ मन्त्री थपिँदै, कसलाई कुन मन्त्रालयको जिम्मा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर