एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न प्रचण्डलाई समाजवादीका प्रवक्ताको सुझाव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहायता परियोजना (एमसीसी) बारेको पत्रको खण्डन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।
नेपालमा राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्ने प्रतिवद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक भएको छ ।
‘कमरेड प्रचण्डलाई देशभक्त नेपाली नागरिकको रुपमा र कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा आफूलाई परीक्षण गर्ने सुन्दर मौका प्राप्त भएको छ,’ नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने, ‘कृपया यो पत्रको खण्डन गर्नुहोस् । एमसीसीका विपक्षमा दरोसँग आफू र आफ्नो पार्टीलाई उभ्याउनुहोस् ।’
पत्र सार्वजनिक भएपछि प्रचण्डले देउवालाई फोन गरेर आपत्ति जनाएका थिए । तर, उनले यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
दलालकाे कामै उताकाे काम गर्ने हाे। यसरी जनतालाई कति दिन ठग्दाे रहेछ हेराैंला नि ।अर्काे अनैतिक फेरि सुझाव दिने लाईनमा आयाे ।