एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज – Nepal Press

एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज

काठमाडौं । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका युवा नेता एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीले एमसीसी पारित नगर्ने प्रष्ट्याएका छन् ।

उनले एमसीसी पारित गर्नेसँग सत्ता साझेदारी नहुने पनि बताएका छन् ।

दीपशिखाले समाजिक सञ्जालमा लेखेका छन्, ‘अरू धेरै थाहा भएन, नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट पारित गर्दैन । आज र अहिले होइन, एमसीसी पारित गर्नेसॅग सत्ता साझेदारी हुने कुरै भएन । कूटनीतिक र ट्याक्टिकल विषयलाई त्यही रूपमा बुझौं ।’


प्रतिक्रिया

One thought on “एमसीसी पारित गर्नेसँग माओवादीको सत्ता साझेदारी हुँदैन : वाईसीएल इन्चार्ज

  1. याे पढ्नु न गुन्नुकाे बाेल्याे । न यसले एमसिसिकाे डकुमेण्ट पढेकाे हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर