शीर्ष बैठकलगत्तै प्रधानमन्त्री जुटे आन्तरिक छलफलमा
नेपाल प्रेस
२०७८ माघ २३ गते १८:५१
काठमाडौं । शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक छलफल थालेका छन् ।
आइतबार प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि छुट्टै बैठक डाँकेका हुन् ।
बालुवाटारमा जारी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडु, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधीवक्ता खम्बहादुर खाती रहेका छन् ।
बैठकमा एमसीसी र स्थानीय निर्वाचनका विषयमा छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया