सरकारका प्रवक्ता भन्छन्- एमसीसीलाई संसदबाट निस्कर्षमा पुर्‍याउन सकारात्मक छलफल भयो – Nepal Press

सरकारका प्रवक्ता भन्छन्- एमसीसीलाई संसदबाट निस्कर्षमा पुर्‍याउन सकारात्मक छलफल भयो

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसदमा लगेर सकारात्मक निस्कर्षमा पुर्‍याउने विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सौहार्दपूर्ण र खुलस्तरुपमा कुराकानी भएको उनले बताए ।

नेतात्रयको बैठकमा सहभागी भएका कार्कीले आजको छलफलले राष्ट्रिय राजनीतिलाई नै नयाँ निर्देश गरेको उल्लेख गरे ।
‘एमसीसीलाई चाँडै निस्कर्षमा पुर्याउने दिशामा सकारात्मक छलफल भयो,’ उनले भने ।

एमसीसीले दिएको डेडलाइनभित्र पारित हुन्छ त ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।

कार्कीले एमसीसीको विषयले सत्ता गठवन्धनमा कुनैसमस्या उत्पन्न नगरेको दावी गरे । एमालले संसदमा केही समस्या देखाएको र त्यसलाई हटाएर संसदलाई प्रभावकारी बनाउन पनि सकारात्मक छलफल भएको कार्कीले बताए । प्रधानमन्त्रीले अर्को वैठक पनि चाँडे बोलाउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर