रोकिराखेको ट्रकमा कार ठोक्किँदा ३ जनाको मृत्यु – Nepal Press

रोकिराखेको ट्रकमा कार ठोक्किँदा ३ जनाको मृत्यु

रुपन्देही । रोकिराखेको ट्रकमा कार ठोक्किँदा बुटवलमा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकिराखेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए । प्रहरीका अनुसार घटना आज बिहान ५ बजेतिरको हो ।

मृत्यु हुनेमा बुटवल १३ का अन्दाजी २७/२८ बर्षका सविन चौधरी, सोही स्थान र २८ बर्षकै गोविन्द चौधरी र नवीन श्रेष्ठ छन्। सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिस जिसी सामान्य घाइते छन्।

ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको उनले बताए । दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *