एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन – Nepal Press

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन भएका हुन् ।

बस्नेत रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो खुला गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

केन्द्रीय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने महासंघका प्रवक्ता उमेश केसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर