एमसीसीलाई लेखेको पत्रले मिनी संसदमा हंगामा- देउवा र प्रचण्डमाथि संसदीय छानबिनको माग – Nepal Press

एमसीसीलाई लेखेको पत्रले मिनी संसदमा हंगामा- देउवा र प्रचण्डमाथि संसदीय छानबिनको माग

काठमाडौं । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको भोलिपल्टै बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा त्यसबारे प्रश्न उठेको छ ।

बैठकमा उपस्थित सत्ता गठबन्धनका एक नेता माधवकुमार नेपाल पत्रबारे मौन बसे पनि एमाले सांसद भीम रावल र कांग्रेसका दिव्यमणी राजभण्डारी लगायतले यसबारे प्रधानमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने बताएका छन् ।

बैठकमा रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग राखेका छन् ।

रावलले पत्र आपत्तिजनक भएको भन्दै देउवा र प्रचण्डले अनधिकृत काम गरेकाले संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसका राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएर सोध्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर