मन्त्रिपरिषद् बैठक- राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त
नेपाल प्रेस
२०७८ माघ २४ गते १६:२२
काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो ।
एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर