निर्वाचन घोषणा भएसँगै आयोगले माग्यो आवश्यक सामग्रीको विवरण – Nepal Press

निर्वाचन घोषणा भएसँगै आयोगले माग्यो आवश्यक सामग्रीको विवरण

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले स्थानीय तहहरुसँग चुनावमा आवश्यक भौतिक सामग्रीको विवरण मागेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यालयका लागि आवश्यक भवन, परिवहनका साधन, फर्निचर लगायतका सामग्रीको व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक सामग्रीका लागि स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर