विहे कहिले गर्ने ? कृपया अब यस्तो ‘बुलिङ’ नगरौं ल
बिहेको मौसम शुरु भएपछि आफन्त, छरछिमेक, साथीभाइको एउटै प्रश्न हुन्छ- बिहे कहिले गर्ने ? ढिला भएन र ? अब उमेर पुगिसक्यो छिटो भोज खुवाउनुपर्यो है ।
मेरो एउटै उत्तर- उमेर भनेको एउटा अंक मात्र हो, आफूलाई जहिले परिपक्व महशुस हुन्छ त्यही समय गर्ने हो विवाह । समाजको लागि, अरुलाई भोज खुवाउनको लागि मैले बिहे गर्ने होइन ।
विवाहको लागि समाजले तोकेको उमेर कति ? २०, २५, २८ वा ३० ? यो उमेरमा विहे नगरे त्यो नारीले सधै यस्तै प्रश्नको सामना गर्नुपर्ने हो ? वा यो उमेरमा विवाह नगरेपछि त्यो नारीको कहिल्यै विवाह हुदैन कि ? वा विवाह नगरी बस्ने अधिकार नारीलाई हुदैन ?
हाम्रो सामाजिक मान्यता कस्तो, यहि उमेरमा छोराले विवाह नगरी बसेको छ भने आमरुपम उमेरको प्रश्न उठ्दैन । तर एउटा छोरी मान्छे, जसले छोरा जसरी आफ्नो कर्तव्य, जिम्मेवारी बहन गर्न बिहेनगरी काम गरिरहेको छ, तर पनि अनेक प्रश्न उठ्न थाल्छ ।
धेरै वर्षदेखि सुन्नु परेका शब्दहरु- छोरी भनेको त अर्काको घर जाने जात नै हो, त्यसैले समयमा उमेर छँदैन बिहे गर्नुपर्छ । अझै तिमी त मास्टर्स गरिसकेकी छौ, जागिर पनि राम्रो छ, अब पनि बिहे गरिनौ भने,भनेजस्तो अविवाहित केटा पाउन पनि मुस्किल पर्छ है । उमेर गएपछि त कि सम्बन्ध विच्छेद भएको मानिस, कि त विदुर केटा मात्र पाइन्छ ।
यस्तो कुरा सुन्दा लाग्छ, छोरी मान्छे सयममा विहे नगरी आत्मनिर्भर भएर आफ्नो जिन्दगी चलाइरहेको छ भने त्यसको सजाय यस्तै मानिससँग बिहे गरेर चुकाउनपर्छ । विवाह व्यक्तिको नितान्त निजी मामिला हो भनेर बुझाउन नसक्नु नै हामीले प्रश्नहरुको सामना गर्नुपर्ने नियति हो ।
विवाहको लागि कानूनले एउटा उमेर तोकेको छ । अर्थात कानूनले तोकेको उमेरभन्दा कम उमेरमा विहे गर्नु दण्डनीय हुन्छ । तर छोरी मान्छेका लागि २० वर्ष नै विहे गर्ने डेडलाइन अवश्यक होइन । ३० वर्षभित्र विहे गरिसक्नुपर्ने कुनै कानूनी वा धार्मिक बन्देज पनि छैन ।
यो कुरा लेखिरहँदा म विवाहको विरोधी पक्कै हैन । जीवनचक्रको लागि, समाज निर्माण र परिवार सञ्चालनको लागि विवाह आवश्यक कुरा हो भन्ने विषयमा म स्पष्ट छु । तर बिवाह भन्ने कुरा कसैको करकाप र समाजको लागि सम्झौता गर्ने विषय हैन भन्ने कुरामा नानाथरी प्रश्न गर्ने भद्र महिला तथा सज्जन बृन्दलाई ज्ञात हुन जरुरी छ ।
उमेर पुगे पनि आफू मानसिक रुपमा तयार भैसकको छैन भने कसैको करकाप र बाध्यताले विवाह गर्नुपर्छ भन्ने जरुरी छैन । उमेरसँगै आफू मानसिक रुपमा तयार भएको हो भनेमात्र विवाहको बारेमा सोच्ने विषय हो । अर्को कुरा विवाह कतिपय परिस्थितिजन्य वाध्यताको परिधीभित्र पनि रहने गर्छ ।
विवाहको लागि कानूनले एउटा उमेर तोकेको छ । अर्थात कानूनले तोकेको उमेरभन्दा कम उमेरमा विहे गर्नु दण्डनीय हुन्छ । तर छोरी मान्छेका लागि २० वर्ष नै विहे गर्ने डेडलाइन अवश्यक होइन । ३० वर्षभित्र विहे गरिसक्नुपर्ने कुनै कानूनी वा धार्मिक बन्देज पनि छैन ।
कतिपय समाजले पनि विवाहका लागि आफ्नै ढङ्गले उमेर तोकेको पाइन्छ । तर विवाहको उचित समय भनेको उमेरभन्दा पनि आफ्नो जिम्मेवारी र विवाहपछि आउने हरेक समस्यालाई समाधान गर्ने, हरेक कुरा बुझन् सक्ने आत्मविश्वास भएपछि मात्र हो भन्ने लाग्छ ।
नारी र पुरुष भनेको एउटा रथको दुई पाङ्ग्रा हो । अर्थात एउटा गतिशील समाज निर्माणको लागि नारी र पुरुषको भूमिका तथा जिम्मेवारी बराबरी हुन्छ । त्यसैले समाजमा नारीको विवाहको सवालमा उठ्ने प्रश्नहरु भन्दा महत्वपूर्ण कुरा एउटा नारीले समाज निर्माणको लागि, परिवारको सवलताको लागि पुरुषले जसरी नै काम गरेको छ कि छैन भनेर उठ्ने प्रश्न मुख्य हुन्छ ।
विवाहलाई छोरी मान्छेको उमेर,चरीत्र वा सामाजिक परिवेशसँग जोडेर बारम्बार प्रश्न गर्नु पनि एक प्रकारको हिंसा नै हो । विहे कहिले गर्ने ? बुढीकन्या भन्लान् है । अब त केटा नपाइएला नि ? तिम्रो कोही छैन भने हामी खोजिदिउँला है ? कि लिभिङ टुगेदर हो ? ३० वर्षभित्रै बच्चा जन्माउनु राम्रो नि । जानेर वा नजानेर गरिने यस्ता प्रश्न वा दबाब ‘बुलिङ’ नै हुन् ।
विवाह कहिले गर्ने, विवाहको उमेर ढल्कीसक्यो या उमेर गएपछि उपयुक्त केटा पाइँदैन भनेर प्रश्न गर्ने समाजका बुज्रुकहरुले नारी र पुरुषको भूमिका र जिम्मेवारी बराबरी हुन्छ त्यसैले नारीले पनि पुरुषले जसरी नै वा पुरुषले भन्दा बढी जिम्मेवार भएर समाज तथा परिवारको लागि काम गर्नु पर्छ भनेर बारम्वार प्रश्न गर्नु चाहि एउटा सभ्य नागरिकको परिचय हुन सक्छ ।
त्यसैले अब विवाह कहिले गर्ने भनेर सोधिने प्रश्नको सट्टा समाजमा के योगदान गर्ने भन्ने वहस हुनुपर्छ । पारिवारिक सदस्यहरुले चिन्ता गरेर विवाहका लागि दिने दबाब वा सुझावलाई एक ढंगले सामना गर्न सकिएला तर समाजले प्रश्न गर्ने विषयवस्तु विवाह होइन ।
विवाहलाई छोरी मान्छेको उमेर,चरीत्र वा सामाजिक परिवेशसँग जोडेर बारम्बार प्रश्न गर्नु पनि एक प्रकारको हिंसा नै हो । विहे कहिले गर्ने ? बुढीकन्या भन्लान् है । अब त केटा नपाइएला नि ? तिम्रो कोही छैन भने हामी खोजिदिउँला है ? कि लिभिङ टुगेदर हो ? ३० वर्षभित्रै बच्चा जन्माउनु राम्रो नि । जानेर वा नजानेर गरिने यस्ता प्रश्न वा दबाब ‘बुलिङ’ नै हुन् ।
प्रेम,विवाह र यौन जस्ता विषय उमेरको अंकसँग थोपर्ने भन्दा पनि नितान्त व्यक्तिगत जीवन हुन् भन्ने बुझौं न कि व्यक्तिको चरित्रसँग । त्यसैले कृपया विवाहलाई व्यक्तिको निजत्वसँग छाडिदिउँ न हुँदैन ?
समाज तथा अाफन्त हरुले बिहेगर उमेर भयाे भनेकाे कुरालाई नकारात्मक रुपमा मात्र प्रस्तुत गरेकाे पाईयाे ।। वास्तविक जीवन भाेगेका अग्रजहरुले अाफ्नाे भाेगाई अनुभवकाे अाधारमा भनेकाे कुरा मनन हुन अावस्यक छ । विहे गर्नु नगर्नु स्वतन्त्रताकाे कुरा भएता पनि शुभचिन्तकहरुले अबेर नहाेस, सामान्य जीवन जिउन भन्नू राम्रै हाे ।।
यथार्थपरक कुरा..
सत्य यहि नै हो हाम्रो समाजको
जति नै अशिक्षित होस या शिक्षित ब्यक्ती नै किन नहोस कहि न कहि र कुनै कुनै समयमा उसले बार बार एउटा अविवाहित नारिलाई गर्ने प्रश्न यहि नै हुन्छ।उक्त कुराले गर्दा कत्ती मानसिक तनाब सिर्जना हुन्छ भन्ने कुरा त्यो प्रश्न गर्ने ब्यक्तिलाई के थाहा?जस्ले गर्दा उसको हरेक सफलतामा बाधक बन्ने एक मुख्य तत्व भनेको नै यहि कुरो भै दिने गर्छ। छोरा र छोरि समान भनिएता पनि त्यो संविधानमा मात्र सिमित रहेको छ।हरेक कुराको प्रश्न अनि आफ्ना इच्छा बिपरितका जे जति कुरा ब्यक्तिलाई बारबार सोधिन्छ नारिको लागि त्यो सबै हिंसा नै हुन ।
एक दमै मन छुने लेख छ सम्मान छ लेखक ज्युलाई🙏
समाजले हामीलाई केही न भनी दिएको भए हुने लाग्नु स्वाभाविकै हो
तर समाजले समाज भित्रका मानिस ले के गर्छन उसको स्वान्त्रताको कुरा हो भनेर मतलब न राखनु समाजको मर्मको विपरीत हो । 🙂
समाजले जीवन शैली कसरी बिताउने भन्ने कुराको रूप रेखा मार्गदर्शन गर्नु समाजको कर्तव्य हो । तर हो जे पनि हद भित्र हुन पर्छ।