दैलेख एमाले नेतृत्वका लागि फागुन १५ भित्र पुनः निर्वाचन हुने – Nepal Press

दैलेख एमाले नेतृत्वका लागि फागुन १५ भित्र पुनः निर्वाचन हुने

सुर्खेत । पुस २३ गते उदघाटन भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन अझै टुंगिएको छैन । ३१ मत फर्जी परेको भन्दै हंगामा भएपछि नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले हालसम्म पनि कहिलेसम्म निर्वाचन गराउने भन्ने निष्कर्ष ननिकाल्दा एमाले कार्यकर्ता अन्योलमा परेका हुन् ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भनेर घोषणा भएपछि दैलेख एमालेको अधिवेशन छिटो टुंगो लगाउनुपर्ने भन्दै नेताहरु राजधानी केन्द्रित भइरहेका छन् । एमालेका जिल्ला इन्चार्ज लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यहरु विष्णु रिजाल, धर्मराज रेग्मी, प्रदेश अध्यक्ष विनोद कुमार शाह, अध्यक्षका आकांक्षी एवम अध्यक्ष रविन्द्रराज शर्मा लगायतले आयोगलाई तत्काल निर्णय लिन अनुरोध गरिरहेका छन् ।

‘फागनु १५ भित्रै मतदान गरेर जिल्ला नेतृत्वको टुंगो लगाउनुपर्छ भनेर केन्द्रीय नेताहरुसँग निरन्तर सम्पर्कमा छौं,’ अध्यक्ष शर्माले भने, ‘फागुन १५ भित्र अधिवेशन सकाउनु पर्छ । अब हामी चुनावमा होमिने भएका कारण पनि पहिले अधिवेशन सम्पन्न गर्नेगरि अघि बढेका छौं । यो आन्तरिक कुरा भएका कारण यसले स्थानीय तहको निर्वाचनमा खासै प्रभाव पर्नेछैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर