लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा नेकपा एसका नेता भट्टराई नियुक्त – Nepal Press

लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा नेकपा एसका नेता भट्टराई नियुक्त

रुपन्देही । लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

रुपन्देहीको देवदह नगरपालिका स्थायी घर भएका भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्जसमेत हुन् ।

साढे दुई दशकयता रुपन्देहीमा पत्रकारिता तथा राजनीतिमा क्रियाशील रहेका भट्टराई चार वर्षका लागि सो पदमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर